७० सिटका लागि आज दिल्लीमा विधानसभा निर्वाचन

डिसी नेपाल
२५ माघ २०७६ ९:१९

एजेन्सी । दिल्ली विधानसभा २०२० का लागि मतदान प्रकृया सुरु भएको छ । कुल ७० सिटका लागि दिल्लीमा विधानसभा निर्वाचनमा विभिन्न दलबाट ६ सय ७२ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

एक करोड ४७ लाख मतदाता रहेको दिल्लीमा करिब ६६ लाख महिला छन् । पछिल्लो पटक दिल्लीमा विधानसभा निर्वाचन २०१५ मा भएको थियो ।

जुन निर्वाचनमा आम आदमी पार्टी (आप) ले कुल ७० सिटमध्ये ६७ सिटमा जित निकालेको थियो । सो निर्वाचनमा भारतीय सत्तारुढ दल भाजपाले ३ सिट जितेको थियो । भारतको इतिहाँस बोकेको काँग्रेसले भने उक्त निर्वाचनमा खाता पनि खोल्न सकेन ।

यस पटकको निर्वाचनमा पनि मूख्य प्रतिस्पर्धा भाजपा र आपबीच हुने आंकलन गरिएको छ । तर काँग्रेसले भने यस पटकको निर्वाचन परिणाम उल्टिएर आफ्नो पोल्टामा आउने दाबी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.