कोरोना भाइरस पीडितको उपचार सफल, कोरोनाको प्रकोप र त्रासमा कमी आउँदै
मकाउ, चीन । चीनको मकाउमा भेटिएका एकजना कोरोना भाइरस पीडितको सफल उपचार भएको छ । वुहान सहरबाट फैलिएको कोरोना भाईरसले चीन, हंगकंग र मकाउ लगायत बिश्वलाई आतङ्कित त्रसित बनाए पनि पहिले सरकारले अपनाएको सतर्कता र सुरक्षाको कारण कोरोनाको प्रकोप दिन प्रतिदिन कम हुदै गएको छ ।
होटल क्यासिनो सपिङ्ग मल सार्बजानिक स्थलहरु मा आवात जावत लगाएत यातायात पनि आबस्यकता अनुसार मात्र चलाउने गरी घटाउने कार्यले र मकाउमा पहिलो कोरोना भाईरस संक्रमण भएको ब्यक्तिलाई १३-१४ दिनको उपचार पश्चात सकुसल घर फर्काउन सफल भएपछि सबै मानिसको मनोबल बृद्धि भएको छ । मकाउ सरकारले गरेको प्रेस सम्मेलनमा मकाउको पहिलो कोरोनाभाइरस बिरामीलाई बिहीबार दिउसो अस्पतालबाट डिस्चार्ज गरियो।
कन्डे एस जनुरियो अस्पतालको मेडिकल टोलीले बिरामी पूर्ण निको पारेको छ र आधा महिनाको गहन उपचार र गहन हेरचाह पछि डिस्चार्ज गरेको छ। मकाउमा कोरोना भाईरसको कारण बाट सबै क्यासिनो सपिङ्ग महल स्कुल सरकारी कार्यालय लगायत कोटाईमा तीन, ताइपा र मकाउमा एक गरी होटलका जम्मा १,४५० कोठा शुक्रवारदेखि बन्द गरिएको छ । जुन बिहीबार मकाउ सरकारी पर्यटन कार्यालय (एमजीटीओ) बाट घोषणा गरिएको थियो ।
होटल क्षेत्रको जानकारीका अनुसार आउने दिनमा अन्य धेरै होटलहरू बन्द हुदै छन् । मकाउको अध्यागमनका अनुसार २७ जनवरीदेखि सीमा पार गर्ने यत्रुहरूको संख्या प्रति दिन ४ लाख रहेको र २७ जनवरीदेखि मकाउ भ्रमण गर्नेहरूको संख्या ७३.४ प्रतिशतले कमी आएको छ ।
अहिले पनि सार्बजनिक पार्कहरु र एक्सरसाईज स्थलहरुमा बस्न र भिड गर्न दिएको छैन सबैलाई आबस्यकभन्दा बढी समय बाहिर ननिस्कन र घरभित्रै रहन आग्रह गरिएको छ ।







डिसी नेपाल








Facebook Comment