बेलायतकी राजकुमारीले इटलीका व्यापारीसँग बिहे गर्ने
काठमाडौं। महारानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बिट्राइसले इटलीका व्यापारी एडवर्ड मापेली मोजीसँग बिहे गर्दैछिन् । बकिंघम प्यालेसले यसको जानकारी दिएको छ । बकिंघम प्यालेसले बताएअनुसार राजकुमारी बिट्राइसको बिहे २९ मेमा हुनेछ । विवाह कार्यक्रम सेन्ट जेम्स प्यालेसको च्यापल रोयलमा हुनेछ । बिट्राइस र मापेलीले मिलेर यो ठाउँ रोजेका हुन् ।
पछि बकिंघम प्यालेसमा एक रिसेप्सन हुनेछ जसको आयोजना महारानी स्वयंले गर्नेछिन् । ड्युक अफ योर्क र डचेस अफ योर्ककी ३१ वर्षीय छोरी राजकुमारी बिट्राइसले गएको सेप्टेम्बरमा इटलीमा आफ्ना ब्वाइफ्रेण्डसँग इंगेजमेन्ट गरेकी थिइन् । बिट्राइसकी दिदीको बिहे २०१८ मा आइटिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो तर अहिलेको समारोह प्रसारण गर्ने कुनै योजना नभएको बकिंघम प्यालेसले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment