सिजि टेलिकमले भ्वाइसकल पुरै निःशुल्क गर्छ : प्रबन्ध निर्देशक चौधरी

डिसी नेपाल
२६ माघ २०७६ १७:५८

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजि टेलिकम भ्वाइस कल पुरै निःशुल्क गर्दै डिजिटल नेपालको अभियानलाई सहयोग गर्न आतुर रहेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले इन्टरनेटको डाटामा पनि चलनचल्तिको शूल्कभन्दा आधा मूल्य कम गरेर सेवा दिने प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले सिजि टेलिकमले सेवा मात्रै प्रदान गर्ने नभएर डिजिटल अपरेटरका रुपमा समेत काम गर्ने बताउँदै छिट्टै ५जी नेटवर्क ल्याउन पाउने अपेक्षा रहेको समेत बताए । साथै उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको भनाइ प्रति सिजि गु्रपको ध्यानाकर्षण भएको बताएका छन् ।

गत बिहीबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले २० अर्ब रुपैयाँ तिरे सीजीलाई युनिफाइड टेलिफोन सेवाको लाइसेन्स दिने बताएपछि आइतबारको पत्रकार सम्मेलनमा उनले ध्यानाकर्षण भएको जनाएका हुन ।

प्रबन्ध निर्देशक चौधरीले २० अर्ब रुपैयाँ १० वर्षको नविकरण शुल्क भएको स्पस्ट पारे । उनले अनुमति प्राप्त गरेको दशौं वर्षमा नविकरण गर्दा २० अर्ब रुपैयाँ नविकरण शुल्क बुझाएको हुनुपर्ने बताए । तर, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लाइसेन्स लिनका लागि अहिले नै २० अर्ब रुपैयाँ मागेकोमा आफुहरु आश्चर्यमा परेको बताए ।

पछिल्लो समय चौधरी ग्रुपको सीजी कम्युनिकेसन्स र सरकारबीच युनिफाइड टेलिफोन सेवा सम्बन्धी विवाद छ । सीजीले नियमअनुसार सबै प्रकृया पुरा गरेर आवेदन दिएको जनाएको छ भने सरकारले सबै प्रकृया पुरा गरेमात्र अनुमति दिने बताउदै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *