बिरामी ओसार्ने एम्बुलेन्समा चित्तल भेटियो

डिसी नेपाल
२७ माघ २०७६ ८:४७

बैतडी। सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ। सामाजिक विकास मन्त्रालयले बैतडीको डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको छ।

आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नंको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए। उनले इलाका प्रहरी कार्यालय गोकुलेश्वरले चेकजाँच गर्दा एम्बुलेन्समा चित्तल फेला परेको बताए।

चित्तल कहाँबाट ल्याएको खुल्न सकेको छैन। एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्स प्रहरी नियन्त्रणमा रहेका छन्। उक्त चित्तल वन कार्यालयलाई बुझाइएको र चालकलाई कानूनअनुसार कार्वाही गरिने प्रहरीले जनाएको छ।  सुदूरपश्चिम प्रदेश सरकारले गत कात्तिकमा बैतडीको डिलासैनी सहित १६ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *