मुना कार्की हत्या प्रकरणः मृतक चौधरी नै हत्यारा?
काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या उनकै घरमा कामदारका रुपमा रहेका विजय चौधरीले गरेको प्रहरीले प्ररारम्भिक अनुमान गरेको छ। प्रहरीले सीसीटीभी फुटेज पनि अनुसन्धानका लागि संकलन गरिएको जनाएको छ।
ललितपुर प्रहरी परिसर प्रमुख टेकप्रसाद राईले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। उनले शवको पोस्ट मार्टम भएर आएपछि थप विवरण खुल्ने बताए। आरोपी चौधरीले पनि आत्महत्या गरेका थिए।
सानेपास्थित निवासमा सोमबार बिहान गम्भीर घाइते अवस्थामा भेटिएकी कार्कीलाई स्टार अस्पतालमा उपचारको लागि पुर्याइएको थियो । उनको अस्पतालमा मृत्यु भएको थियो।
सोमबार बिहान ललितपुरको सानेपास्थित निवासमा मुना कार्की रगतमा लत्पतिएको र अचेत अवस्थमा भेटिएकी थिइन्। घरमा एक कामदार मृत अवस्थामा भेटिएका थिए। दाङ घर भएका २२ वर्षीय विजय चौधरी घरको बैठक कोठामा नाइलनको डोरी लगाएर मृत झुन्डिएको अवस्थामा फेला परेका थिए।
पूर्वसचिव कार्की भने पूजा गर्न बिहानै पशुपति गएका थिए। घरमा भएका कार्कीका एक छोरा पनि स्कुल गएको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Maybe planned murder.