गृहमन्त्री थापाका भाईलाई थुनामा राख्न उच्च अदालतको आदेश
काठमाडौं। संगठित अपराधमा पक्राउ परी धरौटीमा छुटेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ।
‘संगठित अपराध मुद्दा जिल्ला अदालतले दिएको धरौटीमा राख्ने आदेशलाई पाटन उच्च अदालतले उल्ट्याएको हो।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गएको असोजमा एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।
समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्क्याएर रकम असुलेको आरोपमा थापा पक्राउ परेका थिए।
बस्नेत निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा जेलमा छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment