चिनियाँ सेनाका चारजनाले अमेरिकी नागरिकबारे सूचना चोरेको आरोप
वाशिङ्टन (एजेन्सी) । अमेरिकाले चिनियाँ सेनाका ४ जना अधिकारीले अमेरिकी नागरिकको सूचना चोरेको आरोप लगाएको छ। इक्वुफ्याक्स कम्पनीमा साइबर आक्रमण गरेर २०१७ मा चिनियाँ जनसेनाका ह्याकरले १४७ मिलियन नागरिकको सूचना चोरेको अमेरिकाले दावी गरेको छ।
अमेरिकी महान्यायधीवक्ता विलियम बारले इतिहासकै सबैभन्दा ठूलो सूचना चोरी भएको बताएका छन्। उनले अमेरिकी नागरिक तथा केही क्यानेडियन नागरिकको पनि गोप्य सूचना चोरिएको बताएको बीबीसीले उल्लेख गरेको छ।
चिनियाँ सेनाका ह्याकरले व्यक्तिगत सूचनाहरु चोरेको र ती सूचनाहरुको आर्थिक महत्व रहेको अमेरिकी महान्यायधीवक्ता बारले बताएका छन्। उनले मेडिकल, बैंक खाता सम्बन्धी सूचाहरु चोरी भएको जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment