प्रहरी महानिरीक्षक खनालको बिदाइ

डिसी नेपाल
२८ माघ २०७६ २१:०७

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरेको छ । आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले रातिदेखि अनिवार्य अवकाश लिन लाग्नुभएका खनाललगायत प्रहरी अधिकृतहरुको मंगलबार साँझ एक समारोहका बीच बिदाइ गरिएको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीले उनलाई बिदाइ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । बिदाइ समारोहमा महानिरीक्षक खनालले आफ्नो सेवा अवधिमा धेरै अनुभव सङ्गालेको बताउँदै आफूले विभिन्न आलोचना र आरोपसमेत खेप्नुपरेको प्रतिक्रिया दिए । उनले आफूमाथि गलत आरोप लगाउने प्रयास भएको भन्दै दुखेसो पनि गरेका थिए।

सो क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले सङ्गठनको नेतृत्व लिएर वर्तमान प्रहरी महानिरीक्षक खनालले सेवा अवधिमा गरेको कामको खुलेर प्रशंसा गरेका थिए । उनले प्रहरी महानिरीक्षक खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएर समाज र प्रहरीलाई जोड्ने काम गरेको बताए । उनले आगामी दिनमा सङ्गठनलाई चलायमान गराउन सबैको साथ र सहयोगको अपेक्षा राखे । अवकाश लिएका प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकको समेत मंगलबार नै बिदाइ गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *