‘कोरोना भाइरसको महामारीको झड्का अस्थायी हो’

डिसी नेपाल
४ फागुन २०७६ ११:५१

नयाँ कोरोना भाइरस निमोनियाको प्रकोपपछि चिनियाँ नागरिक र संसारभरका नागरिकको स्वास्थ्यका लागि जिम्मेवारीपूर्ण एक उच्च भावनाका साथ काम गर्दै चिनियाँ सरकारले सबैभन्दा व्यापाक र कठोर नियन्त्रणका उपाय गरेको छ।

जसमा नयाँ वर्षको बिदा बढाउनु, कम्पनीको बिदा समय स्थगित गर्नु, अन्तर्राष्ट्रिय समूहको भ्रमण स्थगित गर्नु, ट्राफिक नियन्त्रण लागू गर्नु, मानिसहरुको आवतजावतमा रोक लगाउनु र एक स्थानमा भीडभाड गर्न नदिनुलगायतका छन्।

नियन्त्रण र रोकथामका उपायले अहिले सकारात्मक परिवर्तन लयाएको छ। केही चिन्ता पनि छ। त्यो के भने केही उत्पादनको उपभोगमा प्रभाव पर्नेछ र केही शक्तिहरु चीनको अर्थव्यवस्थाको सम्भावनालाई खराब गर्नका लागि यसलाई अवसरका रुपमा उपयोग गर्ने प्रयास गरिरहेका छन्। यो साँचो हो, रोकथाम र नियन्त्रणका उपाय अनिवार्य रुपमा उद्योगमा गम्भीर असर पार्ने छन्। यो महान बलिदलान हो, जो चीनले क्षेत्रीय र वैश्विक सार्वजनिक स्वास्थ्यका लागि बनाएको छ।

तर पनि महामारीलाई रोक्नु चीन सरकारको सर्वोच्च प्राथामिकता हो। अर्थव्यवस्थाको विकास हाम्रोलागि समान महत्वको कुरा हो। रोग रोकथाम र नियन्त्रणका उपाय अर्थव्यवस्थाको स्थिर विकाका लागि महत्वपूर्ण आधार हो। चीनको प्रचुर आर्थिक आधार महामारीका विरुद्ध लडाईँ जित्नका लागि महत्वपूर्ण ग्यारेण्टी हो। वर्तमानमा, हुवेई प्रान्तलाई छोडेर पूरा चीनमा उत्पादन फेरि शुरु भइरहेको छ।

राष्ट्रिय विकास र सुधार आयोगको तथ्यांकअनुसार देशका प्रमुख अनाज उत्पादन र प्रशोधन फर्महरुमा लगभग ९४.६ प्रतिशतले फेरि उत्पादन शुरु गरेका छन्। महामारीको अस्थायी झट्काको जवाफमा चीनको केन्द्र सरकारले उद्योगहरु, विशेष रुपमा साना र मध्यम आकारका उद्योगहरु (एसएमई) र निजी कम्पनीको समर्थन गर्नका लागि विशिष्ट वित्तीय र वित्तीय नीतिहरुको एक श्रृंखला बनाएको छ।

पीपुल्स बैंक अफ चाइनाले काउन्टर साईक्लिकल समायोजनलाई तिब्र पारेको छ। खुला बजारको सञ्चालनका माध्यमबाट बजारमा कुल १.७ ट्रिलियन युआन तरलता प्रवाह गरेको छ। र, एक विशेष ऋण स्थापना गरेको छ। जसले ३०० बिलियन युआनको परियोजनामा खर्च गरेको छ। जसले सहुलियत ऋण लागू गर्छ। एसएमई र निजी उद्योग र उनीहरुको वित्तीय लागत र आर्थिक बोझ कम गर्ने दर ल्याएको छ।

केही स्थानीय सरकारहरु र सम्बन्धित संस्थानहरुले एसएमई र निजी उद्योगीको समस्या समाधान गर्न कर र भाडामा कटौतीको नीति शुरु गरेको छ। अल्पकालीन उतारचढावको अनुभव गरेपछि, शेयर र विनिमय दर बजार सामान्य भएको छ। जसले चीन सरकारको महामारी र चीनको भविष्यको आर्थिक वृद्धिलाई नियन्त्रित गर्ने क्षमतामा लगानीकर्ताहरुको विश्वास जितेको छ। चीनको अर्थव्यवस्था बलियो र लचिलोपन र ठूलो क्षमताको छ।

महामारी र खराब स्थितिबाट गुज्रिरहेको चीनको अर्थव्यवस्थाको आलोचना गर्नुले केवल विश्व अर्थव्यवस्थामा अनावश्यक गडबडी र नकारात्मक प्रभावलाई बढाउँछ र आफ्ना साथै अरुलाई पनि चोट पुर्याउँछ। चीन सरकारले महामारीसँग जुध्नका लागि उठाएका सबै उपाय न केवल आफ्ना लागि हुन् बरु पूरै विश्वको हितका लागि हुन्।

यस महामारीको प्रकोपले यसको दीर्घकालीन र उच्च गुणवक्ताको विकासको आधार कमजोर भएको छैन। यो ध्यान दिन योग्य छ। यस महामारीले अत्यावश्यक माग हराउने छैन, तर स्थगित गरिने छ। रेट्रोस्पेक्टमा २००३ को दोस्रो त्रैमासिशकम आर्थिक् विकास एसआरएसलाई प्रभावित गरेको थियो, यो तेस्रो त्रैमासिकमा फेरि शुरु भयो, जब महामारी गायब भयो। र, आर्थिक विकासको लक्ष्य राम्रोसँग प्राप्त भए।

अब, २००३ को चीनको अर्थव्यवस्थाको आधार ती मानिसहरुको तुलनामा अधिक ठोस छ, जसको जीडीपी १४ ट्रिलियन अमेरिकी डलरभन्दा धेरै छ। र, प्रति व्यक्ति घरेलु उत्पादन १० हजार डलर अमेरिकी डलरभन्दा धेरै छ। चीनमा १.४ बिलियन मानिसहरुले बनाएको एक घरेलु बजार छ, जसमा ९०० मिलियनभन्दा धेरै मानिसहरु ४०० मिलियनभन्दा धेरै मानिसहरुका साथ एक मध्यम आय वर्ग र १७० मिलियनभन्दा धेरै मानिसहरु राम्रो शिक्षित र कुशल प्रतिभाको टिम छ।

संयुक्त राष्ट्र उद्योग वर्गिकरण प्रणालीका सबै औद्योगिक श्रेणीहरुको आयोजना गर्ने संसारमा चीन एकमात्र मुलुक हो। यी कारक जो चीनको आर्थिक वृद्धिको समर्थन गर्छन्, कुनै पनि किसिमको महामारीद्वारा प्रभावित हुने छैनन्।

महामारीले केही परम्परागत औद्योगिक क्षेत्रमा केही अस्थायी प्रभाव पारेको छ तर यसले उदाउँदा उद्योगको विकासलाई पनि प्रोत्साहित गर्छ। जस्तो कि अनलाइन काम कारवाही, दूर शिक्षा, अनलाइन मनोरञ्जन जस्ता क्षेत्रहरुका लागि नयाँ विकास विन्दूहरु पहिल्याउनेछ।

हामीलाई विश्वास छ चीनको अर्थव्यवस्था छिटै सही ट्रयाकमा आउनेछ र यहाँसम्म कि महामारीपछि प्रतिपूरक प्रतिक्षेप पनि हुनेछ । विश्व अर्थव्यवस्थाको अग्रणी नेतृत्व र विश्व अर्थव्यवस्थामा चीनको महत्वपूर्ण स्थितिको रुपमा चीनको भूमिका मौलिक रुपले प्रभावित हुने छैन।

आर्थिक विश्वव्यापीकरणको युगमा सबै देशहरुको साझा भविष्य हुन्छ। चीनको विश्वमै सबैभन्दा ठूलो अर्थव्यवस्था छ र, यो विश्वव्यापी औद्योगिक श्रृंखलामा एक अनिवार्य कडी हो। यदि चीनको अर्थव्यवस्थालाई ठूलो नोक्सानी भएमा यो स्लिपओभरको अन्य देशहरुमा पनि निश्चित रुपमा प्रभाव पर्नेछ।

महामारी र खराब स्थितिबाट गुज्रिरहेको चीनको अर्थव्यवस्थाको आलोचना गर्नुले केवल विश्व अर्थव्यवस्थामा अनावश्यक गडबडी र नकारात्मक प्रभावलाई बढाउँछ र आफ्ना साथै अरुलाई पनि चोट पुर्याउँछ। चीन सरकारले महामारीसँग जुध्नका लागि उठाएका सबै उपाय न केवल आफ्ना लागि हुन् बरु पूरै विश्वको हितका लागि हुन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिष्टालिना जर्जिवाले चीनको वर्तमान राज्यकोष, मौद्रिक र वित्तीय कार्यप्रति आफ्नो समर्थन व्यक्त गरेकी छिन् र चीनको अर्थव्यवस्थाको लचकतामा उनको विश्वास थियो। विश्व बैंकले पनि चीनका प्रयासले विश्व अर्थव्यवस्थाको जोखिमलाई प्रभावकारी रुपमा कम गरेको ठहर गरेको छ। कैयौं देशका अर्थशास्त्री पनि चीनको अर्थव्यवस्थाले बलियो अन्तरदेशीय वृद्धिलाई कायम राख्नेमा विश्वस्त छन्।

मित्र तिनै हुन् जो समस्यामा काम लाग्छन्। महामारीको प्रकोपपछि नेपाल सरकारसहित मैत्रीपूर्ण व्यक्तिहरुले सहानुभूतिका पत्र, दान सामग्री आदि पठाएर महामारीविरुद्ध लड्ने चीनको प्रयासलाई सहयोग गर्नुभएको छ। यी प्रयासले चीनका नागरिकको तर्फबाट न्यानो प्रतिक्रिया पाएका छन् र अधिकांश चिनियाँ नागरिकलाई लाग्छ कि हिमालयको पारिबाट प्रेम आएको छ। दुवै देशका सम्बनिधत निकायले नजिकको सम्पर्क र सम्बन्ध कायम राखेका छन्।

महामारी रोकथामका लागि संयुक्त प्रयास गरेका छन् र दुवै देशका नागरिकको स्वास्थ्यको रक्षाका लागि व्यवहारिक उपाय अपनाएका छन्। यी सबले नेपाल चीन रणनीतिक सहयोगका कैयौं आयामलाई दर्शाउँछन्।

महामारीविरुद्ध लड्ने प्रयासका क्रममा नेपाल र चीनबीच मानिसहरु आदानप्रयाद निश्चित रुपमा प्रभावित भएको छ। स्प्रिङ फेस्टिभल मनाउनको लागि चीन फर्किएका कैयौं मानिसहरुलाई त्यहाँबाट समयमै नेपाल आउन कठिनाइ भयो जसका कारण दुई देशबीच केही सहयोग परियोजनाहरुलाई स्थगित गर्नु पर्यो।

चीनमा फैलिएको महामारीका कारण नेपालले भिजिट नेपाल २०२० मा चीनका पर्यटक भित्र्याउने आफ्नो लक्ष्य हासिल गर्न कठिनाइ हुन सक्छ। तर, यी अस्थायी उपाय नेपाललाई नोबेल कोरोनाभाइरस निमोनिया फैलिनबाट बचाउन सक्छन् र अन्य देशबाट नेपाल आउने धेरै पर्यटकका लागि सुरक्षित वातावरण बनाउन सक्छन्।

जब महामारीविरुद्धको लडाइ सकारात्मक मोडमा आउँदैछ र अन्तिम जीत हासिल गरिनेछ त्यसपछि यी परियोजनाहरु क्रमबद्ध तरिकाले आफ्नो काम र उत्पादन फेरि सुरु गर्नेछन् र नेपाल आउने पर्यटकको संख्यामा लगातार सुधार र विमा हुनेछ भन्ने हाम्रो मान्यता हो।

महामारीका कारण चीन–नेपाल मैत्रीपूर्ण सहयोगको गतिमा ढिलाइ हुने छैन। महामारीसँग संयुत्तः रुपमा लडेको अनुभवले हाम्रो मित्रतालाई अझै मजबुत बनाउनेछ र चीन–नेपाल सम्बन्धलाई नयाँ गति प्रदान गर्नेछ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीकाे नेपालस्थित चिनियाँ दूतावासको वेबसाइटका अंग्रेजी भाषामा प्रकाशित लेखको भावानुवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *