एनआरएनए अमेरिकाजको क्षेत्रीय भेला तथा विज्ञ सम्मेलन क्यानाडामा हुने 

डिसी नेपाल
६ फागुन २०७६ ११:३५

वासिङ्टन डिसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय भेला तथा क्षेत्रीय विज्ञ सम्मेलन क्यानाडामा आयोजना हुने भएको छ । १६ फेब्रुअरीमा संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी अध्यक्षतामा बसेको अनलाइन बैठकले क्षेत्रको क्षेत्रीय भेला तथा क्षेत्रीय विज्ञ सम्मेलन क्यानाडामा गर्ने निणर्य गरेको हो।

संयोजक त्रिपाठीका अनुसार बैठकले सर्वसम्मत रुपमा  क्षेत्रीय भेला तथा क्षेत्रीय विज्ञ सम्मेलन क्यानाडामा गर्ने निणर्य गरेको हो । सम्मेलन कहिल्ये गर्ने भन्ने बारेमा भने अझै टुंगो लागेको छैन । ‘ कहिल्ये गर्ने भन्ने बारे अझै टुंगो लागेको छैन । सम्भवत मे देखि अगष्ट महिनाको बीचमा हुनसक्छ,’ उनले भने ‘ यसमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको समय तालिका पनि हेर्नुपर्छ। हामी एउटै समयमा कार्यक्रम जुधाउन चाहँदैनौ । समय तालिकाको बारेमा आउने हप्ता तय गर्नैछौं ।’

अनलाइन बैठकमा  आईसीसी उपाध्यक्ष रबिना थापा, सचिव गौरी जोशी, क्षेत्रीय उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय युवा संयोजक विमला सापकोटा र आईसीसी सदस्यहरू होम गौतम, शंकर खड्का, तृणा शर्मा, शिवराज पौडेल, गोपी कृष्ण काफ्ले, प्रमोद सिटौला, यमुना भट्टराई, हरि दाहाल , पुरुषोत्तम बोहोरा, एनसीसी क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरे, महासचिव पिताम्बर भट्ट्रार्इ, एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साह र महासचिव पशुपति पाण्डे सहभागी थिए।

संघको दोश्रो विज्ञ सम्मेलन आउँदो अक्टोबरमा काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *