अमेरिकाको ‘लोटस टेम्पल’ मा महाशिवरात्री पूजा हुने

डिसी नेपाल
७ फागुन २०७६ १६:३३

वासिङ्टन डी सी । महाशिवरात्रीको अवसर पारेर अमेरिकाको लोटस टेम्पलमा ‘महाशिवरात्री पूजा’ कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को आयोजनामा फेब्रुअरी २१ तारिखका दिन कार्यक्रमको आयोजना गर्न लागिएको न्याकले जनाएको छ ।

न्याकले भनेको छ, ‘भर्जिनिया डी सी मेरिल्याण्ड वरपर बसोबास गर्ने सम्पूर्ण नेपाली महिला तथा सज्जनवृन्दमा महाशिवरात्रीको पावन अवसरमा पूजा तथा भजनकीर्तनमा सहभागी भई पूजाप्रसाद ग्रहण गरी पुण्य कमाउनु हुन नेपाली अमेरिकन सामुदायिक केन्द्र सादर अनुरोध गर्दछ ।’

न्याकले फेब्रुअरी २१ तारिख साँझ ४ः३० बजेदेखि ८ः३० बजेसम्म १२५०१ ब्राडक रोड, फेयरफ्याक्स, भर्जिनियामा उपस्थितका लागि अनुरोध गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *