अमेरिकाको लसएन्जल्समा आयोजित ट्राभल प्रदर्शनीमा नेपाल सहभागी

डिसी नेपाल
८ फागुन २०७६ ११:५३

लस एन्जल्स । अमेरिकाको लसएन्जल्समा आयोजित ट्राभल प्रदर्शनीमा नेपाल सहभागीलस एन्जल्स। अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जल्स शहरमा फेब्रुअरी १५ र १६ तारिक भएको दुई दिने ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा नेपालको पनि सहभागिता रह्यो।

ट्रेकिङ एजेन्ट्स् एशोसियसन अफ नेपाल (टान) को नेतृत्वमा केही सदस्य ट्रेकिङ एजेन्सीहरुको सहभागिता नेपालको तर्फबाट भएको टानकी महासचिव सरिता लामाले बताएकी छिन्। टानको तर्फबाट महासचिव लामा सहभागी भएकी हुन्।

महासचिव लामाका अनुसार कम्तीमा पनि तीन हजार जान भिजिटरहरुले प्रदर्शनीमा राखिएका नेपाली स्टलहरुमा आएर नेपालको बारेमा विशेष रुचीपूर्वक जानकारी लिएका थिए। यसले भ्रमण बर्ष २०२० बारे प्रचारप्रसारमा राम्रो सहयोग पुगेको पनि उनले बताईन्।

सहभागीहरुमा हिमालयन फ्रेन्ड्स ट्रेकिङका प्रमुख तथा टानका सक्रिय सदस्य रिन्जी जाङ्बु शेर्पा, ट्रेकिङ एक्सपर्टका प्रमुख पासाङ रिन्जी शेर्पा, फ्रेन्ड्स एड्भेन्चर टीमका प्रमुख राजेन्द्र बहादुर लामा र स्नो होराईजन ट्रेक्स, ए वान ग्लोव टुर्स लगायतका प्रतिनिधीहरु थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *