संचारमन्त्रीले अपशब्द बोलेर गाली गरेपछि कर्मचारीको आपत्ति

डिसी नेपाल
८ फागुन २०७६ १४:३३

काठमाडौं। सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिशन डिलिङ गरेको भनिएको अडियोमा कर्मचारीलाई अपशब्द बोलेकोप्रति नेपाल निजामती कर्मचारी युनियन (संघ)ले आपत्ति जनाएको छ । युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले एक विज्ञप्ति जारी गर्दै मन्त्रीको अपशब्दप्रति आपत्ति जनाएका हुन् ।

‘निजामती कर्मचारीलाई अश्लिल र उपेक्षा बोधक शब्द सम्बोधन गरिएको अडियो रेकर्डका सम्बन्धमा संघको केन्द्रीय समिति खेद व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ । मन्त्री पदमा रहेको व्यक्ति भ्रष्टाचार गर्न सेटिङ गरेको तथ्य बाहिरिनु र भ्रस्टाचार सुरक्षार्थ आम राष्ट्रसेवकलाई अश्लिल शब्द प्रयोग गर दुःखको विषय भएको विज्ञप्तिम उल्लेख छ ।

‘प्रधानमन्त्रीका विश्वासपात्र नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट बोलिएको यस्तो अश्लिल शब्दले आम राष्ट्रसेवकको मान मर्दन गरेको छ’, विज्ञप्तिमा भनिएको छ। यो कारवाही योग्य अपराध भएको विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *