उत्तर प्रदेशमा बहुजन समाज पार्टीका एक मात्र सांसद उमाशङ्कर सिंहको निधन
लखनउ । उत्तर प्रदेशमा बहुजन समाज पार्टी (बसपा) का एक मात्र विधायक उमाशङ्कर सिंहको बुधबार राति निधन भएको छ।
समाचार संस्था पीटीआईका अनुसार बलिया जिल्लाको रसडा विधानसभा क्षेत्रका विधायक ५५ वर्षीय सिंह लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित थिए। दिल्लीस्थित एक निजी अस्पतालमा उपचारका क्रममा उनले अन्तिम सास लिएका हुन्।
मुख्यमन्त्री योगी आदित्यनाथ, बसपा अध्यक्ष मायावती र समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादवले उमाशङ्कर सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उमाशङ्कर सिंहले आफ्नो सार्वजनिक जीवनको सुरुआत विद्यार्थी राजनीतिबाट गरेका थिए। सन् १९९०-९१ मा उनी बलियाको सतीश चन्द्र कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (छात्रसङ्घ) को महासचिव चुनिएका थिए।
उनी पहिलो पटक सन् २०१२ मा रसडा विधानसभा क्षेत्रबाट विजयी भई विधानसभा पुगेका थिए। त्यसपछि सन् २०१७ र २०२२ को विधानसभा निर्वाचनमा पनि उनी लगातार निर्वाचित भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment