अमेरिकी हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

डिसी नेपाल
८ फागुन २०७६ १८:३७

मोगादिसु । सोमालियाको राजधानी सहर मोगादिसुको वादाजिर जिल्लामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् ।

यस कारबाहीको क्रममा सर्वसाधारणतर्फ कुनै हताहत नभएको संयुक्त राज्य अफ्रिका कमाण्ड (अफ्रिकम) गुप्तचर विभागका उप निर्देशक ग्रेगोरी हेडफिल्डले बताएका छन् । अल शबाबले विगतका दिनहरुमा विस्फोटक उपकरणहरुको सहयोगले हत्या, हिंसा गर्दै आएका उप निर्देशक ग्रेगारी बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.