साउदी अरबका राजा र अमेरिकी विदेशमन्त्री बीच भेटवार्ता

डिसी नेपाल
८ फागुन २०७६ २०:५९

रियाद । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउद र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका बीचमा भेटवार्ता भएको छ ।

उनिहरुबीच बिहीबार भएको भेटवार्ताका क्रममा क्षेत्रीय र अन्तरराष्ट्रिय मामिलामा विषेश छललफल भएको अधिकारीहरुले जनाएका छन् । दुवै जनाले दुई पक्षीय सम्बन्ध, साझा हितलगायतका विषयमा पनि कुराकानी गरेको साउदी प्रेस एजेन्सीले समाचार सम्प्रेषण गरेको छ ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउद र विदेशमन्त्री फैसल बिन फर्हानसँग पनि भेटवार्ता गर्ने तालिका रहेको छ । उनि साउदी अरबको तीन दिने भ्रमणका लागि साउदी राजधानी रियाद आएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी सरकारी अधिकारीहरुका अनुसार पोम्पेओ नेतृत्वको अमेरिकी भ्रमण टोली बुधबार रियाद आइपुगेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.