किर्गिज सरकारका नयाँ सदस्यहरुद्वारा संसदमा शपग्रहण

डिसी नेपाल
९ फागुन २०७६ १६:११

बिसकेक । किर्गिज सरकारका नयाँ सदस्यहरुको संसदमा बिहीबार एक समारोहबीच शपथग्रहण गरेका छन् । राष्ट्रपति सोरोनबाई जीनबेकोभको उपस्थितिमा सो समारोह सम्पन्न भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति र संसद सदस्यहरुसामु दुई उप प्रधानमन्त्री एर्किन अस्रान्डिएभ र अकरम मादुमारोभ र आपतकालिन मन्त्री जमीरबेक अस्करोभले सपथग्रहण गरेको सरकारी स्रोतले जानकारी दिएको छ ।

किर्गिज सरकारमा २१ सदस्यहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १२ मन्त्री र चार राज्य समितिका अध्यक्षहरु रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *