चीनको छिङहाई प्रान्तका कोरोना सङ्क्रमित सबै विरामी घर फिर्ता

डिसी नेपाल
९ फागुन २०७६ १९:४०

सिनिङ । चीनको एउटा प्रान्तका सबै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ ।

देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सबै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् ।

शुक्रबार विहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।

अहिले यस प्रान्तका कुनै पनि अस्पतालमा कोरोना सङ्क्रमितहरू नरहेको पनि उनीहरूले दावी गरेको समाचारमा जनाइएको छ ।

उनीहरूले सङ्क्रमण भएका ४३७ जना निरन्तर सम्पर्कमा रहेको ३३ जनालाई चिकित्सकीय निगरानीमा राखिएको पनि जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.