कम्प्युटरमा हुने कट, कपी र पेस्टका खोजकर्ता वैज्ञानिक ल्यारी टेस्लरको निधन

डिसी नेपाल
१० फागुन २०७६ ६:४३

एजेन्सी । कम्प्युटरमा प्रयोग हुने कट, कपी र पेस्टका डेभलपर चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन भएको छ।

कम्प्युटर वैज्ञानिक टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ।

कम्प्युटरमा कट, कपी र पेस्टको तरिकाबाट कम्प्युटर सम्बन्धी कामहरु सहज र छिटो हुने गर्छन् ।बैज्ञानिक टेस्लरले सन् १९६० देखि कम्प्युटरको प्रोग्रामको काम अमेरिकास्थित सिलिकन भ्यालीबाट सुरु गरेका थिए।

जेरोक्स कम्पनीमा समेत टेस्लरले लामो समयसम्म काम गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *