भारतमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउने पहल गर्न कांग्रेसको माग

डिसी नेपाल
११ फागुन २०७६ १७:०३

काठमाडौं । नेपाली कांग्रेसले भारतमा दुर्घटनाबाट ज्यान गुमाएका नेपालीको उद्दारको लागि सरकारसँग माग गरेको छ । कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दे उनीहरुको शव नेपाल ल्याउनका लागि परिवारलाई आवश्यक सहयोग गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ दुर्घटनामा जीवन गुमाएकाहरुको शव नेपाल ल्याउन मृतकका परिवारहरुलाई कठिनाइ भैरहेको यस अवस्थामा सरकारले उहाँहरुको शवलाई सहज रुपमा तुरुन्त ल्याउने प्रबन्ध गर्न तथा घाइतेहरुको उचित उपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।’

‘ उहाँहरुको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।’ कांग्रेसका मुख्य सचिव कृष्णप्रसा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

गत फागुन ८ गते तीर्थयात्रामा गएका नेपालीहरुको बेंगुलर नेशनल हाइवेमा मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.