भाजपाद्वारा दिल्ली चुनावमा पराजयका कारणबारे मूल्याङ्कन सुरू
नयाँ दिल्ली । केही दिनअघि सम्पन्न दिल्ली विधानसभा चुनावमा ठूलो पराजयको सामना गरेको भारतीय जनता पार्टी (भाजपा)ले निर्वाचन परिणामको समीक्षा सुरू गरेको छ ।
भापजाले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रित बनेर हारको कारण पत्ता लगाउन आफ्ना नेता तथा कार्यकर्तालाई परिचालन गरेको हो । भाजपाको उच्च स्रोतका अनुसार केन्द्रीय नेतृत्वले यी प्रत्येक क्षेत्रका नेताहरुलाई भेट्न पाँच महासचिव, उपाध्यक्ष तथा सचिवलाई दिल्ली राज्यमा पठाएको छ ।
“ती नेताहरूले आफ्नो हारको कारण अनुसन्धान गर्न प्रत्येक निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई भेट्नुपर्नेछ,” स्रोतले थप्यो । आगामी निर्वाचनमा दिल्ली विधान सभा तथा लोक सभामा ५१ प्रतिशत मत ल्याउने लक्ष्यका साथ जिम्मेवारी तोकिएका नेताहरूले समीक्षा भ्रमणको तयारी गरिसकेका बताइएको छ ।
हालै सम्पन्न निर्वाचनमा केजरीवाल नेतृत्वको क्षेत्रीय दल आम आदमी पार्टी (आप)ले दिल्लीमा ७० सीटको विधान सभामा ६२ सीटको भारी अन्तरले भाजपा, भारतीय काँग्रेसजस्ता केन्द्रीय पार्टीलाई पराजित गर्दै शक्तिशाली सरकारको गठन गर्न सफल बनेको छ
भाजपाले दिल्ली विधान सभालाई आफ्नो पकडमा पार्न आक्रामकरूपमा निर्वाचन प्रचार प्रसार अभियान सञ्चालन गरेको भएपनि मात्रै आठ सीट ल्याउन सफल भएको थियो । केन्द्रमा प्रमुख प्रतिपक्षी लामो समय भारतमा सरकारको नेतृत्व गरेको काँग्रेसले भने दिल्लीबाट एक सीट पनि ल्याउन सकेको थिएन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment