बलिउड अभिनेता गोविन्दा काठमाडौंमा, भने – नेपाल साहस र प्रेमको धर्ती
काठमाडौं। बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन्। बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन्।
उनको नेपाल बसाइ ३ दिनको हुनेछ। बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिए। नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरि हिल्स पुग्ने आफ्नो योजना रहेको पनि उनले जानकारी दिए।
बलिउड सुपरस्टार गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाई’ भन्दै सम्बोधन गरेका थिए। गोविन्दाकी श्रीमति सुनिता आहुजा नेपाली मुलकी हुन्।
यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए। आफ्नो गज्जवको डान्स स्टाईल र कमेडीका माध्यामबाट दर्शकको मनमा राज गरेका गोविन्दा बलिउडका चर्चित अभिनेता हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment