बिल क्लिन्टनले आगरालाई ‘भूताहा शहर’ भनेका थिए, ट्रम्पले के भन्लान् ?

डिसी नेपाल
१२ फागुन २०७६ ११:३६

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केहीबेरमा भारत आइपुग्नेछन् । ट्रम्प आफ्नी श्रीमती मेलानिया, छोरी इवांका र ज्वाइँ जेरड कुशनरसँग भारत आउँदैछन् । उनी अहमदाबादमा ओर्लिनेछन् त्यसपछि आगरा जानेछन् र ताज महलको अवलोकन गर्नेछन् । आगरामा पनि ट्रम्पको स्वागतको भव्य तयारी गरिएको छ । करिब १० किलोमिटरको ट्रम्पको बाटोमा स्वागतको लागि हजारौं विद्यार्थी उभिएका हुनेछन् ।

यसअघि सन् २००० मा पनि अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टन भारत भ्रमणमा आएका बेला ताजमहलको अवलोकन गर्न गएका थिए । छोरी चेल्सीसँग आएका क्लिन्टनको सुरक्षाको लागि त्यतिबेला पूरै आगरा शहरलाई सील गरिएको थियो । शहरमा केवल सुरक्षाकर्मीमात्र देखिन्थे । यस्तो दृश्य देखेपछि त्यतिबेला क्लिन्टनले आगरालाई ‘भूताहा शहर’ भनेका थिए । अहिले योगी सरकारले यो ट्याग मेटाउने भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.