२६ वर्षकी बैंक कर्मचारीको ३० वर्ष जेठा आफ्नै म्यानेजरसँग प्रेम, ब्रेकअपपछि पाइन् सजाय
काठमाडौं। एक ठूलो बैंककी ट्रेनी कर्मचारीले आफ्नै बैंकका म्यानेजरसँग प्रेम र ब्रेकअपपछि उनलाई बर्बाद गर्ने धम्की दिइन् र ८९ पटक धम्कीपूर्ण म्यासेज पठाइन् । २६ वर्षकी एमिली साल्टले एसएचबीसी बैंकमा ६ महिनासम्म इन्टर्नको रुपमा काम गरेकी थिइन् । यही क्रममा ५६ वर्षका म्यानेजरसँग उनको अफेयर सुरु भयो । इङल्याण्डको ग्रेटर म्यानचेस्टरकी एमिलीले ब्रेकअपपछि एक महिनाभित्र ८९ म्यासेज पठाएकी थिइन् ।

एकिलीले म्यानेजर र उनकी छोरीको करिअर बर्बाद गर्ने धम्की पनि दिएकी थिइन् । इन्टरनेशनल बिजनेस, फाइनान्स र इकोनोमिक्समा ग्रयाजुएट एमिलीले ब्रेकअपपछि म्यानेजरकी छोरीलाई पनि अश्लील म्यासेज पठाएकी थिइन् र गाली गरेकी थिइन् । लण्डनको एक अदालतमा एमिलीविरुद्ध मुद्दा चलाइयो जहाँ उनले म्यानेजरलाई प्रताडित गरेको स्वीकार गरिन् । अदालतले एमिलीलाई १८ महिनाको रिस्ट्रेनिङ अर्डर, १०० घण्टाको सामाजिक सेवा र ८५ पाउण्ड जरिवानाको सजाय सुनाएको छ ।







डिसी नेपाल








Facebook Comment