तथ्याङ्क सङ्कलनमा छुटेका हलियाका लागि कार्यक्रम अघि बढाइने

डिसी नेपाल
१२ फागुन २०७६ १६:०१

कैलाली । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तथ्याङ्क सङ्कलन गर्न छुट भएका मुक्तहलियाका लागि प्रदेश सरकारले कार्यक्रम अघि बढाउने बताएका छन् । धनगढीमा सोमबार आयोजित राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको दशौँ नियमित वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले विगतमा सरकारले हलियाको तथ्याङ्क सङ्कलन गर्दा धेरै छुटेको गुनासो आएकाले अब लगत सङ्कलन गर्दा कुनै पनि आग्रह पूर्वाग्रह नराखी निष्पक्ष ढङ्गले गरिने बताए ।

प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउने तयारी गरेको मुख्यमन्त्री भट्टले बताए । उनले भने, “एकीकृत बस्ती विकास कार्यक्रमलाई अघि बढाउन अध्ययन भइरहेको छ, अध्ययनमा जग्गाको अवस्था, हलिया बस्तीको पहिचानलगायत रहनेछन् ।” उनले अध्ययन प्रतिवेदनका आधारमा घर निर्माण अघि बढाइने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *