ट्रम्प दिल्ली ओर्लिएकै दिन भारतमा हिंसा, १ प्रहरीसहित ५ जनाको मृत्यु, १० ठाउँमा कर्फ्यु

डिसी नेपाल
१३ फागुन २०७६ ९:५२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिल्ली ओर्लिएकै दिन भारतको राजधानी दिल्लीमा ठूलो हिंसा भएको छ । दिल्लीमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा परी एक प्रहरीसहित ५ जनाको ज्यान गएको छ।

दिल्ली क्षेत्रमा पर्ने यमुनापारमा सोमबार भएको हिंसामा परी एक जना प्रहरीसहित ५ जनाको ज्यान गएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त हिंसामा परी १०० जनाभन्दा धेरै मानिसहरु घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

भारतमा विवादास्पद नागरिकता विधेयकको विरोध प्रदर्शन आज पनि बिहानैबाट सुरु भएको छ ।

अहिले दिल्ली सरकारले पूर्वी दिल्लीका १० ठाउँमा कर्फ्यु लगाएको छ भने दिल्लीका स्कुल, कलेज र रेल स्टेशनहरु बन्द छन्।

यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीलाई संयमता अपनाउन आह्वान गरेको भारतीय मिडिया आजतकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.