दक्षिण कोरियामा नेपाली कामदार पठाउन बन्द

डिसी नेपाल
१३ फागुन २०७६ १३:३५

काठमाडौं। दक्षिण कोरियाका ठूलो संख्यामा कोरोनाभाइरसको संक्रमण देखिएसँगै त्यहाँ नेपाली कामदार पठाउन बन्द भएको छ । औपचारिक निर्णय नै गरेर कामदार पठाउन रोक लगाइएको भने छेन तर तत्कालका लागि जान ठिक्क परेका कामदारलाई रोकिएको छ । कोरिया उठ्ने समय आइसकेका केही कामदार रोकिएका छन् र यही साता उड्ने केही कामदारलाई पनि रोकिएको छ ।

परिस्थिति सामान्य नभएसम्मका लागि कोरिया नजान आग्रह गरेर ती कामदारलाई रोकिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले त्यहाँको स्थिति सामान्य नरहेकोले नेपाली कामदारलाई नजान आग्रह गरी रोकिएको जानकारी दिए ।

‘तत्काललाई कोरियामा नजान कामदारलाई आग्रह गरिएको छ’ उनले भने, ‘परिस्थिति सामान्य भएपछि पठाइनेछ ।’ अहिले कोरियामा कोरोना भाइरसको संक्रमण विस्तार भइरहेको छ।

वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको इपीएस कोरिया शाखाका अनुसार एक हजार दुई सय नौ जनाको सम्झौता आइसकेको छ । ती सबैलाई तत्काल नजान आग्रह गरिनेछ । कोरियामा अहिले करिब ५० हजार नेपाली छन् । दक्षिण कोरियाको प्रायः सबै क्षेत्रमा नेपाली कामदार रहे पनि तुलनात्मक रूपमा थेगु क्षेत्रमै बढी कामदार कार्यरत छन् । यही क्षेत्रमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *