सोमबार आकासिएको सुन-चाँदीको भाउ आज पनि घट्यो

डिसी नेपाल
१४ फागुन २०७६ ११:०२

काठमाडौं । सोमबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेको सुन आज दोस्रो दिन पनि लगातार घटेको छ। आज सुन तोलामा ५ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७९ हजार ५ सय तथा तेजावी सुन ७९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ।

मंगलबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ८० हजार तथा तेजावी सुन ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ९ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमबार चाँदी ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *