अमेरिकी जनगणनाको पुर्व सन्ध्यामा कोलोराडोमा नेपालीको प्रचार समिति गठन

डिसी नेपाल
१४ फागुन २०७६ १२:५९
4
Shares

कोलोराडो, अमेरीका । अमेरिकी जनगणना २०२० मा नेपालीहरूको सहि तथ्याङ्ग संकलन गर्न सहयोग गर्ने उद्येश्यले एनआरएन कोलोराडो च्याप्टरले एक समिति गठन गरेको छ।

नेपाली समूदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यको साथ बिभिन्न संघ संस्था तथा क्षेत्रको प्रतिनिधित्व हूने गरी उपाध्यक्ष रामचन्द्र पन्त को संयोजकत्वमा २५ सदस्यीय सिमिति गठन गरिएको च्याप्टर सचिव नवराज न्यौपानेले बताएका छन्।

कोलोराडेमा बसोबास गर्ने सबै समुदाय, क्षेत्र, र संघ संस्थाका प्रतिनित्व हुने गरी गठन गरिएको समितिमा आवश्यक संख्या थप्दैजान सकिने बताइएको छ। अमेरिकामा नेपालीको संख्या तीन लाख माथि पुगिसकेको बताइए पनि आधिकारिक तथ्यांक भने न्युन छ ।

त्यसैले प्राय सबै सरकारी कागजातमा नेपालीले एसियाली वा भारतीय एसियाली मूलबाट आफ्नो पहिचान खुलाउन बाध्य हुनु परेको छ। जनगणना मार्फत नेपालीको सहि तथ्यांक आएमा सरकारी पहिचान नै फरक पर्न सक्नेछ।

त्यसैले सबै कोलोराडो बासी नेपालीलाई आफ्नो मातृभाषा खुलाएर जनगणनामा भाग लीन एनआरएन कोलोराडो च्याप्टरले सबैलाइ अपील गरेका छ। एनआरएन कोलोराडो च्याप्टरले यसपालीको जनगणनामा कोही पनि नेपाली नछुटुन् भन्ने उद्देश्यले चेतना बढाउने निर्णय गरि समिती गठन गरेको जनाएका छ।

च्याप्टर उपाध्यक्ष रामचन्द्र (आरसी) पन्तको संयोजकत्वमा गठित समितिकासदस्यहरूमा नवराज न्यौपाने, प्रकाश पौडेल, दीपक सूनूवार, माधव प्रसाद शिवाकोटी, किरण अधिकारी, टिका पौडेल, प्रमोद भन्डारी, शंकर गुरुङ रहेका छन् ।

त्यस्तै गरी यमुना केसी, दिलकुमारी श्रेष्ठ, सम्झना आचार्य, प्रेमकाजी श्रेष्ठ, गणेशराज पौडेल, नन्दलाल न्यौपाने, हरीश खत्री, सुमन केसी, पदमराज तमाङ, चीरन्जीवी रेग्मी, अमृता आचार्य, विजय बराल, लाल चैलागाई, सन्जयसिंह केसी, धुर्व पौडेल, चन्द्रकान्त अधिकारी सदस्य रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *