प्रहरी चेकिङमा भेट्टियो यस्तो वस्तु, लगत्तै २ जना पक्राउ

डिसी नेपाल
१४ फागुन २०७६ १३:२५

ललितपुर । ललितपुर महानगरपालिका–५ लगनखेल बसपार्कबाट संरक्षित वन्यजन्तु चितुवाको छाला
३ थान सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ओखलढुङ्गा खिचिदेम्बा गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–६ आरुबारी डेरा गरी बस्ने २६ वर्षीय बिपेन्द्र तामाङ र झापा बारदेश
गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ महांकाल डेरा गरी बस्ने २२ वर्षीय रोशन कार्की रहेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *