क्रिकेट रंगशाला बनाउनका लागि कतारसँग समन्वयन गर्ने राखेपको तयारी

डिसी नेपाल
१४ फागुन २०७६ १९:११
4
Shares

काठमाडौं। कतारले नेपालमा क्रिकेट रंगशाला बनाउने इच्छा व्यक्त गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्यसका लागि समन्वय गर्ने तयारी गरेको छ।

राखेप सदस्य सचिव रमेश सिलवालले बुधबार इस्टर्न रिजन क्रिकेट खेल्न थाइल्याण्ड जान लागेको नेपाली क्रिकेट टिमको विदाई कार्यक्रममा यस्तो जानकारी दिएका हुन्। उनले भने, ‘अस्ती कतारका राजदूतले क्रिकेट रंगशाला बनाउने इच्छा व्यक्त गर्नु भो। हामीले क्यानसँग मिलेर कतारको सहयोग लिनेबारे समन्वय गर्ने तयारी गरेका छौं।’ तर, राखेपले कतारसँग औपचारिक कुरा भने गरिसकेको छैन।

केही दिन अगाडि सभामुख अग्नि सापकोटासँगको शिष्टाचार भेटमा नेपालका लागि कतारका राजदूत युसुफले नेपालमा कतारले क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने इच्छा राखेको बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *