शेखर कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्रीको राजीनामा मागे

डिसी नेपाल
१५ फागुन २०७६ १२:५२

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदय शेखर कोइरालाले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीकै निमन्त्रणमा बालुवाटार पुगेका कोइरालाले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् ।

कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको दावेदार कोइराला देशैभरी घुमेर कार्यकर्ता भेटघाटमा व्यस्त छन् । उनी बुधबार बेलुका काठमाडौं फर्केलगत्तै प्रधानमन्त्रीले उनलाई बोलाएका थिए ।

प्रधानमन्त्री र कोइरालाबीच झण्डै दुई घन्टा कुराकानी भएको कोइरालाका सहयोगी दिनेश थपलियाले बताए । भेटघाटको सुरूमै कोइरालाले प्रधानमन्त्री ओलीको राजीनामा मागेको थपलियाले जानकारी दिए । करिब दुई घण्टा कुराकानीपछि कोइराला आजै गृहनगर विराटनगर गएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *