उपसभामुख चयन अन्योलमा

डिसी नेपाल
१६ फागुन २०७६ ९:०७

काठमाडौं। तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको चार महिनापछि प्रतिनिधिसभाले नयाँ सभामुख पाए पनि सभामुख चयन भएको एक महिना बित्दासमेत उपसभामुखको टुंगो लाग्न सकेको छैन।

गत माघ १२ गते प्रतिनिधिसभाले सभामुख पाए पनि उपसभामुखको निर्वाचनको विषयमा अहिलेसम्म सत्तारुढ दलले कुनै तयारी गरेको छैन। उपसभामुख पद अन्य दललाई नै दिनुपर्ने बाध्यात्मक अवस्थाका कारण पनि सत्तारुढ दलले उपसभामुख चयनमा चासो नराखेको जानकारहरु बताउँछन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख पद कुन दललाई दिने भन्ने निर्णय गरिसकेको छैन। राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा सत्तारुढ नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग तालमेल गरेको थियो। त्यसैले उक्त दललाई नै उपसभामुख पद दिने हो कि भन्ने अड्कलबाजीसमेत भइरहेको छ।
उपसभामुख पद राजपालाई दिने भनिएपनि याे विषयमा सहमति भइसकेकाे छैन। राजपाका एक नेताका अनुसार सत्तारुढ दलले उपसभामुख राजपालाई दिने विषयमा आधिकारिक जानकारी दिएकाे छैन। राजपाले उपसभामुख पाउने पक्का भएमात्र पार्टीमा यसबारे छलफल हुने र उम्मेदवार चयन हुने उनको भनाइ छ।

संविधानअनुसार सभामुख र उपसभामुख पदमा फरक दल र फरक लिंगको प्रतिनिधित्व हुनुपर्छ। सत्तारुढ दल नेकपाले सभामुख पदमा अग्निप्रसाद सापकोटालाई जिम्मेवारी दिइसकेका कारण पनि अब उपसभामुखमा नेकपा बाहेकका दलबाट महिलाको प्रतिनिधित्व हुने निश्चित छ।

समाजवादी पार्टी भर्खरै सरकारबाट बाहिरिएका कारण उसलाई उपसभामुख पद दिन सत्तारुढ दल इच्छुक छैन। कांग्रेसले उपसभामुख पदमा अनिच्छा देखाएको छ। राजपा नेपालले भने मागेर पद नलिने अडान राखेको छ।




प्रतिक्रिया

One thought on “उपसभामुख चयन अन्योलमा

  1. भगवन रामको जन्म भूमिमा :- भगवन रामको जन्मभूमिमा , मन्दिर बनाउने :- पहिला त्यहां सबै , गलत बनाएको मस्जिद , अरु केहि चीज हरु सबै भत्काएर , पूरा मैदान बनाएर , सफा गरेर , सबै हटाएर। बल्ल मन्दिरको निर्माण गर्ने हो। (१) भीख माग्दै हिडेको मुस्सलवान , भारत पसेर , भारतको मानिसहरु मारेर , भारतमै सम्पति कमाएर , त्यो पैसाले , मस्जिद बनाएको रे। तेहि भएर त्यो , बनाउने नहुने , अरुको धर्मको ( त्यो पनि देबभूमि मा ) बनाएको रहिच। (२) त्यो कालो बाबरी मस्जिद ले नै ,मुस्सलवान हरुको बिनास गर्नेछ :- अरु धर्मको देबभूमिमा बनाएको हुनाले , ” त्यो कालो मस्जिदले नै मुस्सलवान हरुको बिनास हुनेछ ” . बरु भत्काएको भए ठीक हुने। >>>>>>>>>>>>>> मुस्सलवान धर्म नस्ट हुनेछ , त्यस्तै काम गरेको रहिच। मुस्सलवान धर्म नस्ट हुने संकेत देखियो >>>>>>> जहाँ जहाँ अरु धर्मको देउता जन्मेको छ , त्यही त्यही आएर , हाम्रो मुस्सलवान को पनि त्यही जन्मेको हो भनेर , कम्प्युटीशन गरेर मस्जिद बनाउने ??? त्यस्तो खराब काम , बिनास हुना खोजेको हो। >>>>>>>> मस्जिदहरुलाई , काल बनाइदिने >>>>>>>> हिन्दू धर्मको चोरेको मुस्सलवान ले। >>>>>>> बुद्ध धर्मको चोरेको मुस्सलवान ले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *