प्रचण्डमाथि जुत्ता प्रहार भएको भिडियो सामाजिक सञ्जालबाट हटाइयो
काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेज ‘कमरेड प्रचण्ड’बाट उनको सार्वजनिक कार्यक्रममा बोलेको भिडियो लाइभ हुँदै आएको छ।
तर, सँधै सार्वजनिक कार्यक्रम सोचे जस्तो राम्रो पनि हुँदैन। आइतबार राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा तत्कालीन नेकपाका दिवंगत नेता पूर्वमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति दिवसमा उनी प्रमुख अतिथिको रुपमा बोलाइएका थिए।
आफ्नो सम्बोधन सकेपछि प्रचण्ड बस्दै गर्दा उनलाई ताकेर दर्शकदीर्घाबाट जुत्ता प्रहार भयो।
यो जुत्ता प्रहार भएको भिडियो पनि प्रचण्डको फेसबुक पेजबाट लाइभ भइरहेको थियो। उनीमाथि जुत्ता प्रहार भएको घटना भाइरल बनेपछि कमरेड प्रचण्ड फेसबुक पेजबाट यो भिडियो भने हटाइएको छ।
प्रचण्डका सुरक्षाकर्मीले जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment