काँग्रेसमा थप ७ विभाग गठन

डिसी नेपाल
१९ फागुन २०७६ १५:५४

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थप ७ वटा विभाग गठन गरेका छन्। गएको शनिबार १३ वटा विभाग गठन गरेका देउवाले सोमबार थप ७ वटा विभाग गठन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई विभागीय प्रमुखमा मनोनित गरेको पौडेलले जानकारी दिए।

थप गरिएका विभाग र विभाग प्रमुख यसप्रकार छन्ः

१ एनपी साउँद शुभेच्छुक संस्था समन्वय विभाग

२ अम्बिका बस्नेत वन, वातावरण तथा विपत व्यवस्थापन विभाग

३ ईश्वरी न्यौपाने महिला विभाग

४ केशवकुमार बुढाथोकी राज्य प्रशासन विभाग

५ मोहनबहादुर बस्नेत खेलकूद विभाग

६ बीरबहादुर बलायर निर्माण व्यवसायी समन्वय विभाग

७ हरिप्रसाद नेपाल शिक्षा विभाग


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *