कांग्रेसभित्र मेरो अलगै समूह रहने छ : नेता सिटौला

डिसी नेपाल
१९ फागुन २०७६ १९:४०

भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन् । झापाको चन्द्रगढीमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने बताएका हुन्। आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको एक जिज्ञासामा उनले भने, ‘म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।’

उनले तोकिएको मितिमा काँग्रेसको महाधिवेशन हुन नसके सङ्गठनभित्र जटिल समस्या उत्पन्न हुने बताए। नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघलगायत पार्टीका भातृसंस्थाको महाधिवेशन पार्टीको भन्दा अगाडि गर्न नसकिए पनि शुभेच्छुक संस्था प्रेस युनियनको भने तोकिएको समयमै हुनुपर्ने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *