सभामुख सापकोटासँग साउदी राजदूतको शिष्टाचार भेट

डिसी नेपाल
१९ फागुन २०७६ २०:५२

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि साउदी अरेवियाका राजदूत मुसेइद सुलेमान मोहम्मद अलमारवनीले सोमबार शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मुुसेइदले सापकोटालाई सभामुखमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गरे।

सभामुख सापकोटाले साउदी अरेवियासँग नेपालको ४३ बर्षदेखि सुुमधुुर सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्धलाई नयाँ उचाईँमा पुुर्याएको बताए। उनले सच्चा मित्रको चिनारी दुुःखका बेलामा हुने बताउँदै २०७२ सालको बिनासकारी भूूकम्पपछि साउदी सरकारले गरेको सहयोग सँधै स्मरणीय रहने चर्चा गरे।

सभामुुख सापकोटाले साउदी अरब विकास कोषबाट नेपालका विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे। उनले तीनलाख हाराहारी नेपाली श्रमिकलाई रोजगारी र नेपाली हज यात्रीका लागि साउदीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *