अफगानिस्तानमा विस्फोट हुँदा तीनको मृत्यु, ११ घाइते

डिसी नेपाल
१९ फागुन २०७६ २२:३९

काठमाडौं । अफगानिस्तानमा फुटबल खेल भइरहेको स्थानमा सोमबार विष्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको प्रहरीले एएफपीलाई बताएको छ । उक्त घटनामा अन्य ११ जना घाइते भएका छन् ।

तालिवान समूहले अफगानिस्तानमा हिंसा अन्त्य गर्दै स्थायी शान्तिका लागि सरकारसँग वार्ता गर्ने प्रतिवद्धतासहित अमेरिकासँग कतारको राजधानी दोहामा सम्झौता गरेको दुई दिन नवित्दै उक्त विष्फोट भएको छ ।

पश्चिम खोस्ट प्रान्तका प्रहरी प्रमुख सैयद अहमद बाबाजाईले विष्फोटको पुष्टि गर्दै भने,“मोटरसाइकलमा आएको एक व्यक्तिले विस्फोट गराएको र उक्त विस्फोटमा तीन जनाको मृत्यु भएको छ ।”
विस्फोटको जिम्मेवारी समाचार तयार गर्दासम्म कसैले नलिएको प्रहरी अधिकारीले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.