नाइजेरियामा लुटेरा समूहको आक्रमणमा कम्तीमा ५० व्यक्तिको मृत्यु
नाइजर (एएफपी/रासस)। उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणहरूमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।
लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ।
स्रोतहरूका अनुसार लुटेराको करिब १०० जनाको सशस्त्र जत्थाले कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउमा आइतबार बिहान मस्जीदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेका थिए।
“गाउँलेको हत्यापछि गाउमा पसी उनीहरूका चौपाया लुटेका थिए भने केटाकेटीलाई अपहरण गरी लगेका थिए,” उक्त क्षेत्रबाट नाइजेरियाको संसदमा प्रतिनिधित्व गर्ने सांसद जैयद इब्राहिमले बताए।
लुटेराहरूले स्थानीय दर्जनौँ घरहरूमा आगजनीसमेत गरेको पनि बताइएको छ। नाइजेरियाको सेनाले लुटेरा लुकेर बसेका स्थानमा गाउलेहरूको सहयोगमा गरेको आक्रमणको बदलामा गाउँलेहरूको निर्मम हत्या भएको स्थानीय प्रशासक दायेबु केरावाले एएफपीलाई बताए।
“लुटेराहरूले स्थानीयलाई उनीहरू बस्ने इलाकाबारे सेनालाई सूचना दिएको भन्दै गोली हानेका घटनाबाट उम्किन सफल एक घाइतेले बताएका छन्,” केरावाले भने।
केरावाले भने, “हामीले शनिबार ५१ जनाको शनाखत गरेका छौँ । घटनामा घाइते भएका दर्जनौँ मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही घाइतेको अझै चिन्ताजनक अवस्था रहेकाले मृतक सङ्ख्या बढ्नसक्ने देखिएको छ।”
कादुनाको प्रहरी प्रवक्ता मोहम्मद जालिजले घटनाबारे अनुसनधान सुरू भएको बताएका छन्। नाइजेरियामा पछिल्ला केही वर्षमा आपराधिक समूहहरूको आक्रमणमा परी गाउँलेहरूको मृत्यु हुने क्रम बढेको छ। नाइजेरियामा लुटेराहरूले चौपाया तथा गाउलेको सम्पत्ती लुट्ने र अपहरण गर्ने क्रममा वर्षेनी सयौँ गाउँलेको हत्या गर्ने र गाउँमा आगो लगाइदिने घटना भइरहने गर्छन्।
–––







डिसी नेपाल








Facebook Comment