बालिका बलात्कारपछि हत्या मुद्दाको सुनुवाइका लागि रातभर चल्यो अदालत
काठमाडौं। न्यायमा ढिलाइ गर्नु भनेको न्याय नदिनुजस्तै हो भनिन्छ । यही कुरालाई मध्यनजर गर्दै भारतको झारखण्ड राज्यमा एक अदालतले छिटो न्याय सम्पादनको लागि रातभर सुनुवाइ जारी राखेको छ । ६ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरिएको मुद्दाको सुनुवाइका लागि दुमका जिल्लाका डिस्ट्रिक्ट सेसन जज तौफिकुल हसनले गएराती रातभर सुनुवाइ जारी राखे । उनले रातभरमा अभियोजन पक्षका सबैको बयान सुनेर कसेका छन् ।
आज तकको समाचार अनुसार यसलाई भारतको इतिहासमै बलात्कार र हत्या मुद्दामा भएको सबैभन्दा छिटो सुनुवाइ मानिएको छ । ५ फेब्रुअरीमा नाताले काका पर्ने मिठ्ठु रायले आफ्नी ६ वर्षकी भतिजीलाई चकलेट र बेलुन दिने लालच देखाएर घरबाट लिएर गएका थिए । त्यसपछि उनले आफ्ना २ साथीसँग मिलेर बालिकालाई सामूहिक बलात्कार गरे । असहनीय पीडाले जब बालिका बेहोस भइन् त्यपछि उनको घाँटी थिचेर हत्या गरिदिए । लाश लुकाउनको लागि माटोमा गाडिदिए ।
यो क्रुर अपराधपछि तीनैजना पीडित बालिकाकै घर गएर सुते । बिहान ३ बजेतिर जरुरी काम भएको भन्दै फरार भए । घटनाको २ दिनपछि ७ फेब्रुअरीमा बालिकाको लाश भेटियो । फरार मुख्य आरोपी मिठ्ठु रायलाई पुलिसले १३ फेब्रुअरीमा मुम्बइको कल्याण रेलवे स्टेशनबाट गिरफ्तार गर्यो । उनले दिएको जानकारीका आधारमा अन्य २ आरोपीलाई गोड्डा जिल्लाको पौड्याहाटबाट पक्राउ गरियो । त्यपछि पुलिसले थप अनुसन्धान गरेर प्रमाण जुटाएपछि २८ फेब्रुअरीमा अदालतमा मुद्दा दर्ता भयो ।
मुद्दाको गम्भीरतालाई हेर्दै अदालतले अन्य सबै मुद्दाको सुनुवाइ पछिलाई सारिदियो र त्यतिबेलादेखि यो मुद्दामा निरन्तर सुनुवाइ चलिरहेको छ । २८ फेबूअरीमा ६, २९ फेब्रुअरीमा २९ फेब्रुअरीमा ४, २ मार्चमा ६ जनाको बयान लिइसकिएको छ । हिजो सुनुवाइमा समय लाग्ने देखिएपछि रातीसम्म अदालतको कारवाही जारी राखियो र अभियोजन पक्षको बहस पूरा भइसकेको छ । अब आरोपीको पक्षको बयान लिएपछि अन्तिम फैसला सुनाइनेछ ।







डिसी नेपाल








Facebook Comment