कोरोनाभाइरसः जब आफैंलाई ‘मसीहा’ भन्ने चर्चका नेताले घुँडा टेकेर माफी माग्नुपर्यो…
काठमाडौं। दक्षिण कोरियाका एक धार्मिक नेताले घुँडा टेकेर माफी मागेका छन् । स्वघोषित मसिहा ली मन हीमाथि उनका कारण करिब २५०० जनामा कोरोनाभाइरस संक्रमण फैलिएको आरोप लागेपछि उनले यसरी माफी मागेका हुन् । उनले दक्षिण कोरियाका सरकारी अधिकारीहरुलाई समेत कोरोनाभाइरस फैलिनबाट रोक्न सहयोग नगरेको आरोप छ ।
चीनपछि इरान, दक्षिण कोरिया र इटलीमा ठूलो मात्रामा कोरोनाभाइरस संक्रमण फैलिएको छ । सोमबार बिहानसम्म दक्षिण कोरियामा ४ हजार २१२ जनामा संक्रमण पुष्टि भइसकेको थियो । २२ जनाले यो भाइरसका कारण ज्यान गुमाइसकेका छन् । २ हप्ता पहिले दक्षिण कोरियामा केवल ३० जना संक्रमित थिए तर २ हप्ताको अवधिमा संक्रमण ठूलो परिमाणमा फैलिइसकेको छ । भाइरसको इपिसेन्टर चीनमा भने २९१२ जनाको मृत्यु भइसकेको छ ।
ली मन हीमाथि राजधानी सिओलमा हत्याको आरोपमा चार्जशीट दायर गर्ने तयारी भइरहेको बिजनेस इनसाइडरले लेखेको छ । ली मन ही एक रहस्यमयी चर्चका नेता हुन् । अत्याको आरोपमा मुद्दा चलाउने तयारी भएपछि सोमबार उनले गोपिओंगमा पत्रकारहरुका सामु २ पटक घुँडा टेकेर सरकारसँग माफी मागेका हुन् । ली मन हीले आफ्नो शिकेओनजी चर्चमा कोरोनाभाइरसको संक्रमण भएपछि धेरै मानिसहरु यसबाट संक्रमित भएको स्वीकार गरे ।
दक्षिण कोरियामा संक्रमितमध्ये आधा यही रहस्यमय शिकेओनजी चर्चमा सदस्यहरु छन् । ली मन हीले आफ्नो यतो गर्ने चाहना नभएको सफाइ पनि दिएका छन् । उनले आफूहरुले संक्रमण रोक्ने प्रयास गरेको तर सफल हुन नसकेको सफाइ दिएका छन् ।







डिसी नेपाल








Facebook Comment