क्यामरुनमा १० जना पृथकतावादी विद्रोही मारिए

डिसी नेपाल
२० फागुन २०७६ १२:५०

याउन्डे । अफ्रिकी मुलुक क्यामरूनको पश्चिमी अङ्ग्रेजी भाषी क्षेत्रमा दश जना पृथकतावादी आतंकवादीहरु मारिएको क्यामरुन सरकारले जनाएको छ।

सैनिक कारबाहीमा ती आङ्कवादीहरु मारिएको बताए पनि केही अनलाइनले मारिने व्यक्तिहरु सर्वसाधारण रहेको बताएका छन्।

बहुसंख्यक फ्रान्सेली भाषी क्यामरुनका दुई अङ्ग्रेजी भाषी प्रान्तहरुमा सशस्त्र पृथकतावादी आन्दोलन सन् २०१७ देखि जारी छ।

सञ्चार मन्त्री रेनी इमानुएल साडीले सोमबार जारी गर्नु भएको विज्ञप्तिमा “जनरल फायरम्यान” भनेर चिनिने पृथकतावादी कमान्डर पनि मारिएको उल्लेख छ।

सप्ताहान्तदेखि अनलाइन मिडिया र सामाजिक सञ्जालमा सैनिक कारबाहीमा स्थानीय महिला र बालबालिकासहित १० जना निहत्था सर्वसाधारणको मृत्यु भएको बताएका छन्।

सरकारले भने अनलाइनले झुटा समाचार प्रशारित गरेको बताउँदै सेनामाथि लगाइएका आरोपहरु “पूर्ण निराधार, यथार्थको विपरीत“ रहेको जनाएको छ।

दुई पक्षबीचको लडाइँ र प्रतिशोधपूर्वक नागरिकहरूमाथिको हमलाले तीन वर्षे द्वन्द्वका क्रममा दुई पश्चिमी क्षेत्रमा ३,००० भन्दा बढीको मृत्यु भइसकेको छ।

ह्युमन राइट्स वाचले पनि क्यामरूनको सेनाले उत्तर पश्चिम क्षेत्रको दुर्गम क्षेत्रमा फेब्रुअरी १४ मा कम्तिमा २१ जना सर्वसाधारणको हत्या गरेको आरोप लगाएको छ। सेनाले उक्त आरोपलाई अस्वीकार गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *