आत्मसमर्पण गरेका सिद्धबाबा कारागार चलान
काठमाडौं। महिला अनुयायीलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन्।
मंगलबार बिहान जिल्ला अदालत सुनसरीमा आफैं उपस्थित भएका उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीले जनाएकाे छ। मंगलबार बिहान १२ बजेतिर उनी जिल्ला अदालत सुनसरी पुगेका थिए।
उच्च अदालत विराटनगरले थुनामा पठाउने संकेत पाएपछि उनी फरार भएका थिए। उनलाई उच्च अदालतले माघ ९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment