हुन्डाईको विक्री फेब्रुअरीमा १० प्रतिशत कम

डिसी नेपाल
२० फागुन २०७६ २२:०२

नयाँ दिल्ली । हुन्डाईको विक्रीमा गत महिना १०.३ प्रतिशतको गिरावट आएको छ ।

हुन्डाई मोटर्स इन्डिया लिमिटेडद्वारा हालै जारी विज्ञप्तिमार्फत दिइएको तथ्याङ्क अनुसार फेब्रुअरीमा हुन्डाईका उत्पादनको कूल ४८ हजार ९१० एकाइ विक्री भएको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनमा १०.१ प्रतिशतले कमी हो । उक्त कम्पनीले सन् २०१९ को फेत्र्रुअरीमा आफ्नो उत्पादनका ५४ हजार ५१८ एकाईलाई बेचेको बताइएको छ ।

कम्पनीका अनुसार फेब्रुअरी हुन्डाईका उत्पादनको घरेलु बजारमा ४३ हजार ११० यूनिटबाट घटेर ४० हजार १० यूनिट विक्री भएको थियो जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा अर्थात ७.२ प्रतिशतले कमी हो ।

कम्पनीको उत्पादनको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ११ हजार ४०८ रहेकोमा यस वर्ष आठ हजार ९०० यूनिट पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले कमी हो ।

हुन्डाईका सान्ट्रो, ग्र्यान्ड आई १०, ग्र्यान्ड आई १० निओस, एलाईट आई २०, औरा, एक्ससेन्ट, भेर्ना, अलान्ट्रा, भेन्यू, क्रेटा, टक्सन, कोना इलेक्ट्रिकजस्ता उत्पादन बजारमा प्रसिद्ध मानिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.