मृत्युपछि अन्तिम संस्कारको तयारी गर्दैगर्दा महिला जीवित भएपछि

डिसी नेपाल
२१ फागुन २०७६ १३:००

काठमाडौं। मृत्युपछि जीवित हुनु असंभव हो। तर भगवानको लिला विचित्र हुन्छ। यस्त्र विचित्र एक जना ८३ वर्षीया वृद्ध महिलासँग भयो। उनी विगत केही समयदेखि कोमामा थिइन्।

डाक्टरले उनलाई मृत घोषित गरे। परिवारका सदस्यले उनको अन्तिम संस्कार गर्ने तयारी गरेका थिए। तर अचनाक वृद्ध महिला जीवित भइन्। सबै चकित भए।

यो युक्रेनको स्टिरजावका सहरको घटना हो। महिलाको नाम जीनिया दिदुख हो। उनी ८३ वर्षकी भइन्। गत आइतबार विमारी भइन्। परिवारका सदस्यले घर मै डाक्टरलाई बोलाए। डाक्टरले चेकअप गर्दा उनी बाँच्ने संभावना नरहेको बताए।

त्यसपछि परिवारका सदस्यले उनलाई घरमै राखेर सेवा गर्ने सोच बनाए। अचानक जीनियाको शास बन्द भयो। परिवारका सदस्यले उनको मृत्युको पुष्टि गर्न डाक्टरलाई बोलाए। डाक्टरले उनलाई मृत घोषित गरेर मृत्यु प्रमाणपत्र पनि दिए।

उनको अन्तिम संस्कारका लागि चिहान खन्नलाई लगाइयो। साथै पादरीलाई पनि बोलाइयो। यी सबै प्रक्रिया पूरा गर्न दश घण्टा लाग्यो। त्यसपछि मृत भनिएकी महिला अचानक जीवित भइन्। उनी जीवित भएको उनकी छोरीले सबैभन्दा पहिला थाहा पाइन्।

त्यसपछि उनलाई अस्पताल लगियो। जहाँ स्टेज ३ कोमामा गएको थाहा भयो। यस्तो अवस्थामा मानिस जीवित हुँदा पनि मृत भएको जस्तो देखिन्छ। डाक्टरले आफ्नो रेखदेखमा एक हप्ता राखेपछि उनको होश आयो।




प्रतिक्रिया