अन्तर्राष्ट्रिय क्रिकेटमा एवि डिविलियर्सको पुनरागमनको सम्भावना

मदन कोइराला
२१ फागुन २०७६ १५:२४

काठमाडौं। दक्षिण अफ्रिकाली पूर्व कप्तान एवि डिविलियसको अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमनको सम्भावना लाई लिएर अन्तर्राष्ट्रिय मिडियामा अहिले चर्चाको बिषय बन्दै गएको छ।

डिविलियस सन २०१८ मा अन्तराष्ट्यि क्रिकेट बाट सन्यास लिएका थिए। सन २०१९ मा भएको वल्र्डकपमा अफ्रिकी टोली सेमिफाईनल पुग्न असर्मथ भएको थियो र टिमको खराब प्रर्दशनका कारण डिविलियस फेरि अन्तराष्ट्रिय क्रिकेटमा आउने अडकलबाजी सुरु भएको छ।

साथै डिविलियस आफैले पनी अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने ईच्छा ब्यक्त गरेका छन र सम्भवत अष्टे्रलियमा हुने टी २० विश्वकपमा उनी फर्कने सम्भावना छ।

दक्षिण अफ्रिकाका मुख्य कोच मार्क बाउचरले बताएअनुसार दक्षिण अफ्रिका बाट वल्र्डकप खेल्न चाहने खेलाडीहरुको लागि जुन १ सम्म बोर्डमा आप्नो सहभागिताको बारेमा जानकारी गराउन भनिएको छ।

दक्षिण अफ्रिका टोलिले जुनमा श्रीलंकासँग टी २० सिरीज खेल्दै छ र कोचले डिविलियस उक्त सिरीजमा पुनरागमन गर्नेमा बिश्वश्त रहेका छन्। साथै दक्षिण अफ्रिकाबाट ईमरान ताहिर र क्रिस मोरिसले पनी आगामी वल्र्डकपमा खेल्ने जनाएका छन्।

गतबर्ष एवि डिविलियसले आगामी विश्वकपमा खेल्न चाहेको बताएका थिए साथै उनले पुनरागमनको लागि ग्रीम स्थीम (डाईरेक्टर), फाफ डुप्लेसी (तत्कालिन कप्तान) सँग पनि सल्लाह गरेका छन्। टी २० विश्वकप अगामी अक्टुवर १८ देखी १५ नोबेम्बर सम्म अष्टे्रलियामा हुनेछ।




प्रतिक्रिया