पुनः पदवहाली गर्दै अर्थमन्त्रीले भने, २४ घण्टा राजनीतिक क्वारेन्टाइनमा थिएँ

डिसी नेपाल
२१ फागुन २०७६ १७:५०

काठमाडौं। मंगलबार राजिनामा दिएर बुधबार पुनः अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले आफू २४ घण्टा क्वारेन्टाइनमा बसेको बताएका छन्।
अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै उनले भने, ‘२४ घण्टासम्मको क्वारेन्टाइनपछि बल्ल मुक्त भएको छु। थप उर्जाका साथ यो मन्त्रालय सम्हाल्न आएको छु तपाईहरुको साथ र सहयोग पहिलेको जस्तै चाहिन्छ।’

अर्थमत्रन्त्री खतिवडाले आफुलाई योद्धाको रुपमा तुलना गर्दै कमाण्डरको आदेश अनुसार अगाडि बढ्ने बताए। ‘म विकासे योद्धा हुँ, कमान्डरले फर्की भनेपछि फर्कन्छु कि त देशमा देखिएको गरिवी ,असमानता लगायतका विभिन्न विकासका सूचकहरुमा लक्ष्य अनुसारको प्रगति भएपछि फर्कन्छु’ उनले भने।

अर्थमन्त्री खतिवडाले आगामी दिनमा आर्थिक अनुशासन कायम, लगानीकर्ताका लागि लगानीको वातावरण बनाउने र वित्तीय संघियता लागू गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताए।

बुधबारै राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर खतिवडाले कार्यभार सम्हालेका हुन्।

संविधानमा संघीय सांसद नभएको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था अनुसार खतिवडा पुनः मन्त्री बनेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *