ढकाल र भट्टराईबीच के भयो छलफल?
काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले संघीय समाजबादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग भेट गरेका छन्।
सिंहदरबारस्थित समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक बिषयमा छलफल हुनुका साथै परिबर्तनका उपलब्धिहरुलाई जगेर्ना गर्दै सस्थागत विकास गर्न बृहतर राजनीतिक सहकार्यबारे छलफल भएको परिवार दलका प्रबक्ता सन्तोष कुमार पौडेलले बताए।
भेटमा परिवार दलका महामन्त्री बिनोद डाँगी, युवा नेता प्रकाश बाबु थापा लगायत सहभागी थिए। ढकाल बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहकारी तथा गरिबी निवारण मन्त्रि थिए। ढकालले पछिल्लो समय सत्तापक्ष तथा प्रतिपक्षका प्रमुख राजनीतिक नेतृत्वहरुसंगको छलफललाइ तिब्र बनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment