सुनको ट्याक्सी चढ्ने ?

डिसी नेपाल
२२ फागुन २०७६ १०:५६

काठमाडौं। हामीले कहीँ जानुपर्दा धेरैजसो ट्याक्सीमा चढेर जान्छौं । तर, के तपाइँ कहिल्यै सुनको ट्याक्सीमा चढ्नुभएको छ ? सामान्यतया मानिसहरु सुनको ट्याक्सी चढ्दैनन् । सुनको ट्याक्सी नै हुँदैन । तर, भारतको केरलमा सुनको रोल्स रोयस कारलाई ट्याक्सीको रुपमा चलाइन्छ । यो ट्याक्सीमा तपाइँ पनि चढ्न सक्नुहुन्छ । केरलमा रोल्स रोयस फ्यान्टम कारलाई ट्याक्सीको रुपमा प्रयोग गर्न पाइन्छ र यसको नम्बर प्लेट पनि ट्याक्सीकै (भाडा लिन पाइने) छ ।

यो कारका मालिकका अनुसार केरलको अक्सिजन रिसोर्टमा उपलब्ध विभिन्न प्याकेजहरुमध्ये एक प्याकेजमा यो सुनको ट्याक्सी चढ्ने सुविधा पनि छ । रिपोर्टका अनुसार सुनको विलासी कारमा सफर गर्ने मानिसहरुको सपना पूरा गर्न बोबी चेम्मनुर नामका व्यक्तिले यो सुनको कार बनाएका हुन् । यो ट्याक्सीमा यात्रा गर्नको लागि २५ हजार भारु (४० हजार नेपाली रुपैयाँ) भाडा तिर्नुपर्छ । रोल्स रोयस फ्यान्टम कारको पछिल्लो मोडलको मूल्य अहिले भारतमा साढे ९ करोड भारु पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *